दलहरु मिल्नुको विकल्प छैन : प्रधानमन्त्री कोइराला

असोज १३, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिले ज’न मोड लिनु पथ्र्यो त्यसो हुन नसकी गतीशुन्य हुदै गएाले अब दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको  छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्समा गैरआवासीय नेपालीहरुसँगको अन्तरक्रियामा उहँले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासको पक्षमा बन्दै गरेको वातावरणलाई नबिर्गान पनि सबैसँग आग्रह गर्नुभयो ।
मुलुकले अब द्वन्द्व र विध्वंस धान्न नसक्ने भन्दै उहाँले त्यबाट कसैको हक अधिकार पनि सुरक्षित नहुने बताउनुभयो । अर्को प्रसंगमा उहाँले देशबाहिर बस्ने हरेक नेपाली देशका राजदूतकै रुपमा हुनुपर्ने भन्दै उहाँले सम्पर्कमा आएका लगानीकर्तालाई, जलविद्युत, पूर्वाधार, कृषि पर्यटनलगायतका क्षेत्रमा लगानीका लागि नेपाल भित्रयाउन आग्रह गर्नुभयो ।