संसद बैठकमा गतिरोध अन्त्यका लागी छलफल हुने

असोज १३, काठमाडौँ-करिब डेढ महिना देखि पटक पटक अवरुद्ध हुदै आएको ब्यवस्थापिक संसदको बैठक आज पनि बोलाइएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयका सहप्रबक्ता स’र्दशन क’इकेलले  जानकारी दिए । कुइकेलका अनुसार विनियोन विधेयकमाथि छलफल गर्न आह्वान गरिएको बैठक भदौं १३ गतेबाट अवरुद्ध हुदै आएको छ । बैठक चल्न नसकेको आज एक महिना पुरा भइसकेको छ । विगतमा गरेका ४ बुँदे सहमति कार्यवन्यन नगरेको भन्दै प्रमुख प्रतिपक्षि दल एकिकृत नेकपा माओवादी र विपक्षी दलहरुले बैठक अवरुद्ध गदै आएको हो ।