प्रधानन्यायाधीशविरुद्ध परेका उजृुरीमाथि सुनुवाइ हुदै

असोज १३,काठमाडौँ-सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायधिस रामप्रसाद शाहमाथि परेको उजुरीको बारेमा छलफल गर्न अहिले संसदिय सुनुवाइ समितीको बैठक बसिरहेको छ । समिती कार्यलय सिहंदरबारमा बसिरहेको बैठकमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहलाई प्रधानन्यायाधीशमा नियुक्ति नगर्न परेको दुई उजुरीमाथि छलफल भइरहेको हो ।

काठमाडौँको सुन्धारास्थित धरहराको पश्चिमतर्फको जमिनका सम्बन्धमा न्यायाधीश साह सहितको तीन सदस्यीय इजलासले गरेको निर्णयमा टीकाटिप्पणी भएको र पुनरावलोकनका लागि हाल पाँच सदस्यीय पूर्ण इजलासमा पेस भएकाले शाहलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न दुई जनाले छुटृाछुटृै निवेदन दर्ता गराएको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।

सयवर्ष अघिदेखि मुसलमान समुदायले भोगचलन गर्दै आएको कित्ता नं. ५२ को छ आना एक दाम दुई पैसाको सो सरकारी जग्गा झुटा व्यहोराको आधारमा व्यक्तिबिशेषले गैरकानुनी रूपले दर्ता गरेका कारण दायर मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेको थियो ।