प्रम कोइरालाले महासभालाई आज सम्बोधन गर्ने

असोज १०, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभालाई आज सम्बोधन गर्दै छन् । गत बुधबारदेखि राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्र्कमा जारी छ ।

सम्बोधनको क्रममा कोइरालाले संबिधानसभा निर्वाचन पछि नेपालमा माघ ८ मा संबिधान जारी गर्नको लागि सबै दल प्रयासरत रहेकोबारे महासभामा सहभागि राष्ट्रप्रमुखलाई जानकारी गराउने तयारी गरेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

यसैबीच दक्षिण यसियाली क्षेत्रीय संगठन सार्कका बिदेशमन्त्रीहरुको अनौपचारीक बैठक न्युयोर्कमा बसेको छ । बैठकमा मालदिभ्समा भएको सार्क मन्त्रीस्तरीय बैठक पछि भएका गतिबिधिका विषयमा छलफल भएको थियो ।