पृथ्वीनारायणको एकीकरण प्रक्रिया सही – दाहाल

असोज १०,काठमाडौ,एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको एकीकरण प्रक्रिया सही भएको बताएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले तत्कालीन अवस्थामा शाहको एकीकरण उचित भएको उल्लेख गर्दै अब नयाँ आधारमा राष्ट्रिय एकता हुनुपर्ने बताए । मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहका फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिए । पृथ्वीनारायण शाहले विकासको अवरोधका रुपमा रहेको २२र२४ राज्यलाई एकीकरण गरी ठीक काम गरेका हुन् । त्यो एकीकरण समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले ठीक  भए पनि अब त्यो राष्ट्रिय एकता पुरानो भएको छ,ुपार्टी मुख्यालय पेरिसडाडामा बिहीबार आयोजित एक कार्यक्रममा दाहालले भने, अब हुने राष्ट्रिय एकता समानतामा आधारित हुनुपर्छ ।  ।

शाहको मुलुक एकीकरणलाई गोर्खा घर भएका एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले पनि सकारात्मक बताइसकेका छन् । राजतन्त्र अन्त्य भएको करिव छ वर्षपछि एमाओवादीले पृथ्वीनारायणलाई सम्झेको हो । दाहालले परिवर्तन सिंहदरबारबाट नभई झुपडीबाट आएको उल्लेख गर्दै संघीय गणतन्त्र संस्थागत गर्न राष्ट्रिय एकताको खााचो रहेको जनाए । उनले संघीयताबिरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई असफल बनाउन संसदभित्र मोर्चा बनाउन लागेको जानकारी दिए ।