आफ्नै गुटको निसानामा ओली

असोज १०,काठमाडौं–आफ्नै गुटभित्र झुट बोलेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको उनकै गुटका नेताहरुले तीव्र आलोचना गरेका छन् । आफ्नै एक विश्वास पात्रलाई हटाएर अर्को विश्वास पात्रलाई मन्त्री बनाएको घटनालाई एमालेको केपी ओली समूहवृत्तमा निकै चासोपूर्वक हेरिएको छ । तर, ओलीले यस्तो गर्नुको ठोस कारण आफूहरुलाई नदिएको उनका गुटका नेताहरुले बताएका छन् । मन्त्रीबाट बर्खास्तीमा परेका कर्ण थापा र मन्त्री पाएका महेश बस्नेतले पछिल्लोपटक दिएका अन्तर्वार्तापछि ओलीले रहस्यपूर्ण खेल खेलेको चर्चा उनको गुटमा हुने गरेको छ । के कारणले हटाइएको भन्ने थाहा नभएको पूर्वमन्त्री थापाले बताएका छन् भने नवनियुक्त मन्त्रीले भने ओलीले मान्छे चिनेको भन्दै आफ्नै प्रशंसा गरेका छन् ।

हालै दिएको एक अन्तर्वार्तामा थापाले ‘अध्यक्ष कमरेडले ‘तपाईंका बारे त केही पनि गुनासो छैन, तर भीम आचार्यका बारेमा गम्भीर समस्या आयो, हटाउनुपर्ने भयो भन्नुभयो । झलनाथले नै हटाउनु भन्नुभयो । तपाईंको पनि एउटा मान्छे हटाउनुपर्ने भयो भन्ने कुरा आयो । मैले हटाउने मेरो नजिककोलाई नै हो । मैले भनेपछि तपाईंले मानिहाल्नुहुन्छ भनेर हटाएँ’ भन्नुभयो ।’ भनेको बताएको छ । उनले अन्तवार्तामा आफुलाई हटाउदा समेत नेताहरुले मन्त्रीको हैसियतमा यो यो काम गर्नुस भनेर अहराएको बताएका छन् । ‘म मन्त्रालयको काम खुरुखुरु गर्दै थिएँ । त्यो दिन पनि म दिउँसो संविधानसभामा पसेको थिएँ । नेताहरूसँग पनि भेट भयो । केपी कमरेडसँग भेट भयो, विद्या भण्डारी, विष्णु पौडेलसँग पनि त्यहीँ भेट भएको थियो । विद्या भण्डारी र विष्णु पौडेलले त मन्त्रालयसँग सम्बन्धित काम अराउँदै हुनुहुन्थ्यो । त्यहीवेला नै मलाई एक ढंगले हटाइसकिएको रहेछ । कसैले भन्दा पनि भनेन । परिकल्पनाभन्दा बाहिरको विषय आफुले मन्त्रीबाट कसरी हटाइयो भन्नेमा भनेका छन्–‘पाएकै छैन । मलाई चिन्ताको विषय नै त्यही छ । के कारण होला भनेर आफ्नै मनलाई भन्न सकेको छैन । मनलाई भन्ने कुरै छैन । राम्रो गर्दा पनि मान्छेहरू यस्तो षड्यन्त्र गर्दा रहेछन् । आश्चर्य लागेको छ । ’
ओलीले थापासँग अर्का मन्त्री भिम आर्चायलाई समेत पोलेका छन् । उनले झलानाथकै आग्रहमा आर्चायलाई हटाएको दावी गरेका छन् । ‘तपाईंका बारे त केही पनि गुनासो छैन, तर भीम आचार्यका बारेमा गम्भीर समस्या आयो, हटाउनुपर्ने भयो भन्नुभयो । झलनाथले नै हटाउनु भन्नुभयो । कहिले हटाउने, कहिले हटाउने भन्ने भएको थियो । नहटाई भएन भनेर उहाँले ताकेता गर्नुभयो । पहिले केही पनि प्रसंग उठेको थिएन । हटाउँदा मलाई पनि स थापाको अन्तावार्तामा छ । उनले मन्त्री भएपछि आफ्नो भेट ओलीसँग भएको र उनले गल्ती भएको स्वीकारेको दावी गरेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।