इपीएस परीक्षा आज र भोलि, कोरियन टोली काठमाडौंमा

असोज १०, काठमाडौं-रोजगार अनुमति प्रणाली एपीएस अन्तर्गत काम गर्न दक्षिण कोरिया जानका लागि शुक्रबार र शनिबार परीक्षा संचालन हुने भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, परीक्षा संचालन, अनुगमन र नियन्त्रण गर्ने काम कोरिया आफैंले गर्नेछ । यसका लागि कोरियाबाट ६२ जनाको टोली काठमाडौं आइपुगेको छ । कोरियाको मानव संशाधन विभागका उपाध्यक्षको नेतृत्वमा टोली बुधबार र बिहीबार गरी नेपाल आइपुगेको हो ।