राजतन्त्र फर्काउनु पर्छ भन्नेलाई टुलुटुलु हेर्ने, अनि डा.राउतलाई पक्रने ?

असोज ९, काठमाडौं– देश टुक्रयाउने अभियानमा लागेको भन्दै पक्राउ परेका डा. सीके राउतलाई तत्काल रिहा गर्नु पर्ने एमाओवादी अध्यक्ष प्रचण्डले माग गरेका छन । देशमा रहेको राजतन्त्रलाइ सदाका लागि बिदाइ गरि सकेको भए पनि अझै राजतन्त्र,राजा, माहाराजा भनेर सडकमा उपर्दो मच्चाइ रहेका हरुलाइ टुलुटुलु हेर्ने सरकारले डा. राउतलाइ पक्राउ गरेर गल्ती गरेको बताए । पार्टी कार्यालय पेरिसडाडामा आज भएको एक कायक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन । आत्मनिर्णयको अधिकार हुनुपर्छ भनेर पहिलो संविधानसभामा पनि कुरा उठेकाले यो कुरा बहसमा लगि छलफल गर्नुको साटो राउतलाई पक्राउ गरि मुद्धा चलाइनु सरासर गलत भएको प्रचण्डको भनाइ थियो । देश पहाडिया सामन्तले नै विगार्दै आएकाले अब तेसो नहोस भन्दै नयाँ संविधानमा सबैलाई समेटिनु पर्ने बताए ।