यू–१९ कृकेटको उपाधि चुम्यो बैतडीले

असोज ९, काठमाडौं – राजधानीमा सम्पन्न यू–१९ राष्ट्रिय कृकेटको उपाधि क्षेत्र नम्बर ६ बैतडीले चुमेको छ । कीतिर्पुर कृकेट खेल मैदानमा आज क्षेत्र नम्बर ८ पोखरासंग भएको फाइनल खेलमा ९६ रनले हराउदै बैतडीले उपाधि चुमेको हो । टस हारेर व्याटिङ थालेको बैतडीले ४९ ओभरमा सबै विकेट गुमाएर १५३ रन लक्ष्य खडा गरेको थियो । उसका लागि योगेन्द्रर कार्कीले २५ तथा प्रेम तामाङले २३ रन जोडे भने अरुण ऐरीले २० रनको योगदान गरे । पोखराका दिनेश श्रेष्ठ, सुशील कँडेल र विपन कार्कीले समान २–२ विकेट लिए । जितका लागि १५४ रनको लक्ष्य लिइ मैदान उत्रेको पोखरा २३.५ ओभरमा जम्मा ५७ रन जोड्दै अलआउट भएको थियो । उसका लागि खेमराज पौडेलले २१ रन बनाए भने राजेश लम्सालले १२ रन मात्रे जाड्न सके । अन्य व्याट्सम्यान खासै नचल्दा पोखराले हारलाई जोगाउन सकेन । प्रेम तामाङ म्यान अफ दि म्याच बने । उनले ३ विकेट लिएका थिए । उपाधिसगै बैतडीले २५ हजार नगद पायो भने पोखराले १५ हजारमा चित्त बुझायो । फेयर प्ले अवार्ड धनगढीले पायो । बैतडीका प्रेम तामाङ प्लेयर अफ दि सिरिज घोषित भए । फाइनलसहित तीन खेलका म्यान अफ दि म्याच उनले १० हजार पाए ।