चितवनमा गोली चल्दा एकको मृत्यु एक घाइले

असोज ९, चितवन – चितवनमा गोली चल्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइले भएका छन । चितवन राष्ट्रिय  निकुञ्जको माडी–ठोरी हुलाकी सडक खण्डमा भरुवा बन्दुकसहित आएका अज्ञात समूहले मोटरसाईकल रोकेर गोली प्रहार गरेको बताईएको छ । गोली प्रहारबाट चितवनको रत्ननगरका शेषचन्द्र चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गोली प्रहारबाट मोटरसाईकलको पछाडी बसेका माडी बघौडा–३ का त्रिलोक चौधरी गम्भिर घाईते भएका छन् । घाइते  चौधरीको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।   निकुञ्ज हुँदै माडी बगइबाट मोटरसाइकलमा पूर्व जाँदै गरेका उनिहरुमाथि  अज्ञात समुहले आज बिहान  ११ बजेतिर गोली प्रहार गरेको थियो ।   घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले इमेलखबरलाई फोनमा जानकारी दिएको छ ।