फेरि अर्को अनसन सुरु

असोज ९, काठमाडौं – आफ्ना मागहरु पुरा गराउन र सम्बन्धित पक्षलाई दवाब दिन आन्दोलनका बिभिन्न शैली अपनाइदै आएको पाइन्छ । बन्द अडताल,नारा जुलुस बाहेक पछिल्लो समय अनसनको माध्यमबाट आफना मागहरु सुनुवाइ गराउन सरकार र सम्बन्धित निकायलाई दवाब दिने कार्य बढी देखिन्छ । यसैक्रममा आफुहरुलाई पुर्नबहाली गरिनु पर्ने मुख्य माग सहित द्धन्दपीडित सेना प्रहरी पनि अनसनमा बस्दै आएका छन । उनिहरुको संगठन द्धन्दपीडित सेना प्रहरी राष्ट्रिय संर्घष समितिले आजबाट फेरि राजधानी स्थित शान्ति बाटिका बाहिर आमरण अनसन सुरु गरेको छ । आफ्ना माग पुरा गराउन सरकारलाई यस अघि एक हप्ताको समय सिदएको भएपनि सरकारले कुनै वास्ता नगर्दा पुनह अनसनमा बस्न बाध्य भएको उनिहरुको भनाई छ । उनिहरुले भदौ २९ गतेदेखि असोज ६ गतेसम्म आफ्ना माग पुरा गराउन धर्ना दिएका थिए । आफुहरुलाई ससम्मान पुर्नबहाली गरिनु पर्ने, सेवा अवधिका आधारमा पेन्सनको व्यवस्था हुनुपर्ने र वैकल्पिक सुरक्षा दस्तामा पुर्नबहाली गरिनुपर्ने द्धन्दपीडित सेना प्रहरी राष्ट्रिय संर्घष समिति आफना यिनै तिनबुँदे माग राखि बिगत लामो समय देखि बिभिन्न शैलीमा आन्दोलन गर्दै आएको छ ।शान्तिपूणरुपमा सरकार समक्ष आफ्ना मागहरु राखि धर्नामा बसे पनि सरकारले वास्था नगरेपछि बाध्य भई अमरण अनसनमा बसेको संर्घष समितिका एक सदस्यले इमेलखबरलाई जानकारी दिए । यसपछि पनि आफुलाई बेवास्था गरिए थप कडा आन्दोलमा उत्रिने उनिहरुको चेतावनी छ ।