एसियाडको पदक तालिकामा चीन शिर्ष स्थानमा

असोज ९,काठमाडौं-एसियाडको पदक तालिकामा चीनको अग्रता कायमै छ । कुल ५४ स्वर्ण पदक जितेको चीन शीर्ष स्थानमा रहादा कुल १ सय १३ पदक जितेको छ । २६ स्वर्ण पदक जितेको आयोजक दक्षिण कोरिया दोस्रो स्थानमा छ । उसले कुल ७२ वटा पदक जितेको छ ।

यसैगरी, १८ स्वर्ण पदकका साथ जापान तेस्रो स्थानमा छ । ६ स्वर्ण पदक जितेका काजगिस्तान चौंथो तथा ४ स्वर्ण जितेको मंगोलिया पाँचौ स्थानमा छन् । एसियाडमा हालसम्म कुल २५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । प्रतियोगितामा समावेश गरिएका कुल ३६ खेलमा ४ सय ३९ स्वर्ण पदकको लागि प्रतिस्पर्धा भइरहेका छन् ।