जापान पठाउछु भन्दै १८ लाख ठग्ने पक्राउ

असोज ९,काठमाडौं-पाल्पा खस्यौली गाबिस ७ घर भइ काठमाडौं ११ डिल्लीबजारका नबिन घिमिरे नेपालमै बसी आफू जापानमा रहेको भनि फेसबुकमार्फत जापानकै आइपी लोकेसन देखाउने गराई सिन्धुपाल्चोक धुस्कुन बस्ने युवराज खत्रीलाई जापान पठाउने भनि १८ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् । आजको नेपाल समाचारपत्र दैनिक लेख्छ, प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । डिल्लीबजारस्थित अभियुक्त हाल बसिरहेको कोठाबाट ११ लाख नगद रुपैयाँ समेत बरामद गरिएको छ ।