एसियन खेलकुदमा भाग लिन गएका नेपाली खेलाडी घर फर्कने बेलामा फरार

काठमाडौं,असोज ९ – दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा भाग लिन गएका सेपाकताक्रो खेलानी अमन पोडे उतै लुकेका छन् । उनी बुधबार बिहान साढे दुई बजे खेलाडीहरुलाई राखिएको भिलेजबाट भागेका हुन् ।पोडेसहित सपाकताक्रो टोली निर्धारित कार्यक्रमअनुसार बुधबार इन्चोनबाट काठमाडौंका लागि हिँडेको छ । इन्चोनमा रहेका नेपाली खेल पत्रकारहरुका अनुसार मंगलबार दिनभरी पोडे टिम व्यवस्थापक तथा अन्य खेलाडीसँग घुमेका थिए । राति तीनजना साथीसँगै सुतेका थिए । बिहान कसैलाई थाहै नदिई उनी भिलेजबाट बाहिरिएका थिए । त्यसपछि उनी कसैको सम्पर्कमा आएनन् ।नेपाली सेनाका डेपुटी सेफ दी मिसन राजिव श्रेष्ठले पोडे भागेको पुष्टी गरे । उनका अनुसार पोडेले सेपाकताक्रो संघ तथा ओलम्पिक कमिटिले दिएका सामान कोठामै छोडेर गएका छन्,नयाँ पत्रिका दैनिकमा खबर छ ।