बडा दसैं सुरु, आज घर घरमा घटस्थापना गरिँदै

असोज ९,काठमाडौं-हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँ आजबाट सुरु भएको छ । दसैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै छ। घटस्थापनाको सुभसाइत आज बिहान १० बजेर ४५ मिनेटमा रहेको नेपाल पंचाग समितीले जनाएको छ ।  आज हिन्दु धर्मावलम्वीहरुले आ९आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १०: १५ बजे उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान महानवमीको पूजापछि विजयादशमीको पूजा गर्नुपर्ने र बिहान ९: ५५ बजे देवी विसर्जनको साइत रहेको गृहमन्त्रालयमार्फत प्राप्त सो समितिको पत्रमा उल्लेख गरिएको छ । समितिका अनुसार १५ गते बिहान फूलपातीका दिन बिहान ७ः२५ बजे तुलजा भवानी यात्राका लागि समय शुभ रहेको छ ।