अन्ततः प्रचण्ड नै बने संयन्त्रको संयोजक

 असोज ९,काठमाडौं– लामो समयदेखि विवादस्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्न दलहरुबीच सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिको संयोजक बनाउन सत्तासीन कांग्रेस–एमाले बुधबार राजी भएपछि विवाद टुंगिएको हो ।

एमालेका एक नेताका अनुसार समितिको म्याद ६ महिनामात्र राख्न र त्यसको कार्यक्षेत्र शान्ति प्रक्रियाको बाँकी कार्यभार सम्पन्न गर्न सहयोग गर्नेगरी तोक्न एमाओवादी पनि राजी भएको छ । समितिमा तीन दल मात्र रहने वा अन्यलाई पनि समेट्ने भन्ने विषय टुंगो लाग्न भने बाँकी छ । यसबारे बिहिबार निर्णय हुने पनि ती नेताले बताए ।
एमाओवादीले मधेसी दलका तर्फबाट एक र जनजाति पार्टीबाट संघीय समाजवादी पार्टीलाई पनि सहभागि गराउनुपर्ने अडान राखेको छ भने कांग्रेस–एमालेले मधेसी दललाई सहभागि गराउनुपर्ने हो भने जनआन्दोलनमा सहभागि सात दलमध्येका नेकपा माले,नेपाल मजदुर किसान पार्टी र नेकपा संयुक्तलाई पनि सहभागि गराउनुपर्ने अडान राखेका छन् । आजको अन्नुर्ण पोष्ट दैनिकमा खबर छ ।