अन्तत संयन्त्रको संयोजक प्रचण्ड

असोज ८, काठमाडौँ-अन्ततः संविधानसभाका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेसँग बार्गेनिग गरेरै एमाओवादी अध्यक्ष प्रचण्ड उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्ने लगभग पक्का भएको  छ । नेपाली राजनीतिमा राम्रा पासा र तुरुप फ्याक्न सक्ने नेताका रुपमा परिचित प्रचण्डले विगतमा भएको सहमतिको तत्काल कार्यान्वयनको माग गर्दै पुरा पुरी १ महिना लामो सदन अबरोध गरी सरकारलाई अप्ठयारा स्थितिमा पारेपछि सत्तारुढ संयन्त्रको संयोजक दिन क्तिारुढ दल तयार रहेको स्रोतको दाबी  छ ।

लामो समय संसदको बैठक अवरोध हुँदा सरकारले पेश गरेको विनियोजन विधेयक पारित गर्न ढिलाई हुन जादाँ सरकारले सञ्चालन गर्ने विकास निर्माणका कार्यहरुसमेत प्रभावित हुन जानेस्थिति आएपछि सत्तारुढ दलका नेताहरुले प्रचण्डलाई नै सन्यत्रको संयोजक दिने आन्तरिक निश्कर्षमा पुगेको बताइन्छ ।  आखिर संविधान नबनाइ अब धर छैन त्यैले प्रचण्डलाई संयन्त्रको स्टेरिग दिएर निकास निस्किन्छ भने हामी तयो कदम चाल्न तयार छौँ नेपाली काँग्रसका एक नेताले भने ।

उनले विगतमा प्रचण्डलाई संयन्त्रको संयोजक स्थायी रुपमा बनाउदा हुनसक्ने राजनीतिक परिणामको आशंका अहिले मेटिएको हो भन्ने प्रश्नको जवाफमा एमाले नेताले भने, उनले निश्चित समयबधिभित्र तोकिएको जिम्मेवारी पुरा गर्नुपर्छ। यदि बिचमा कुनै जालझेल गर्न लागे भने हामीहरु संयन्त्रको बैठकमा सहभागी नभएर पनि उनको योजना विफल पार्न सक्छौ नि।

संयन्त्रको गठनका लागि तयार भएका कांग्रेस र एमालेले प्रचण्डको मागप्रति यसअघि शसंकित हुदै संयोजक चक्रिय प्रणालीमा गर्नु पर्ने अडान लिदै आएका थिए।  व्यवस्थापिका संसदको बुधबारको बैठक पनि अबरोध गर्दै संसद भबनबाट बाहिरीदै गरेका एमाओवादी अध्यक्ष प्रचण्डले बिहिबारसम्ममा सदनको अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् ।

एमाओवादी सहित मधेसवादी दलको अवरोधका कारण सरकारले संसदमा पेश गरेको चालु आर्थिक वर्षको विनियोजन विधेयक अलपत्र परेको छ। भदौ मसान्तभित्र विनियोजन विधेयकमाथि आवश्यक छलफल गरी पास गर्ने कार्यतालिका संसद सचिवालयले गरेको भएपनि सदनका अवरोधले यो कार्य ढिलाइ हुदै गएको छ।