कोइरालाले भेटे ओबामालाई

असोज ८, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाले आयोजना गरेको रिसेप्सन कार्यक्रममा कोइराला सहभागी भएका थिए । भेटमा प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निमार्णमा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिएको स्रोतले जनाएको  छ ।  हरेक वर्ष अमेरिकी राष्ट्रपतिले राष्ट्र संघीय महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा रिसेप्सन कार्यक्रम आयोजना गर्ने चलन छ ।