नयाँ वाणिज्य नीति व्यापार घाटा कम गर्न – मन्त्री थापा

असोज ८, काठमाडौँ-वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले मुलुकको व्यापार घाटालाई कम गर्न नयाँ वाणिज्य नीति चाँडै ल्याइने बताएका छन्  । राष्ट्रका लागि युवा नामक संस्थाले बडादसैँ, तिहार, नेपाल संवत्, छठ र इदका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न मन्त्रालयकाबीच आवश्यक संयोजन तथा देशमा निर्यातयोग्य उत्पदान हुन नसकेकाले घाटा बढ्दै गएको उनको तर्क थियो । मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यको निर्धारण अब अन्तर्राष्ट्रिय मूल्यअनुसार गरिने गरी नीति ल्याउनका लागि गृहकार्य भइरहेको उल्लेख गर्दै चाडवाडको समयमा नेपालीलाई राहतमा खाद्य सामग्री उपलब्ध गराउन देशका विभिन्न ६६ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको जानकारी दिए ।     मन्त्री थापाले आगामी दिनमा अन्य जनजातिको चाडपर्वमा पनि सुपथ मूल्य सञ्चालन गरिने बताए ।