नेपालले क्रिकेटको क्वाटर फाईनलमा बंगलादेशको सामना गर्दै

असोज ८, काठमाडौँ-दक्षिण कोरियाको इचोन सहरमा जारी १७औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत आज नेपालले महिला क्रिकेटको क्वाटर फाईनलमा बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा थाईल्याण्ड संग पराजित भए पनि दोस्रो खेलमा भने मलेसियालाई हराउदै नेपाल क्वाटर फाईनलमा प्र्रबेश गरेको थियो । क्रिकेट संगै नेपालले आज ब्यामिन्टन र बक्सीङ प्रतियोगीतमा पनि प्रतिष्पर्धा गर्ने भएको छ । हिजो भएको पौडी पौडि प्रतियोगीतामा भने नेपाल पराजित भएको छ । पौडीअन्तर्गत पुरुषको ५० मिटर फ्रिस्टाइलमा नेपालका शिरीष गुरुङ र मिराज प्रजापतिले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । यही असोज ३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका २५ खेलमा सहभागिता जनाएको नेपालले अहिलेसम्म एउटा पनि पदक हात पार्न सकेको छैन । त्यस्तै, पदक तालिकामा चीन अहिलेसम्म २६ स्वर्णपदकका साथ ५८ पदक बटुल्दै शीर्ष स्थानमा रहेकोछ । यसैविच जारी प्रतियोगीतामा सहभागिता जनाउँन एथलेक्सि र कुस्ती अन्र्तगतका खेलाडीहरु आज ईन्चोन तर्फ प्रस्तान गर्दै छन् ।