स्नोकर प्रतियोगीतको फाईनल खेल आज

असोज ८, काठमाडौँ-प्रथम रंगशाला खुल्ला स्नोकर प्रतियोगीतको फाईनल खेल आज हुदैछ । फाईनलमा उपाधिका लागी आज लोप्साङ लामा र रेगन श्रेष्ठ विच प्रतिष्पर्धा हुने भएको छ । हिजो सेमिफाईनलमा लोप्साङले आलोक योनजन र रेगनले दिपक ढुंगानालाई समान ५—२ को फ्रेममा पराजित गरेका थिए ।