मधेश बन्दको आह्वान

असोज ८, काठमाडौँ-राष्ट्रिय अखण्डता विरोधी आन्दोलनको घोषणा गरेका सिके राउतको रिहाईको माग गर्दै  रिहाई संघर्ष समितिले २४ घण्टे अल्टीमेटम दिदै आज काठमाण्डौ लगायत मधेसको २२ जिल्लामा  १ घण्टा चक्काजाम गर्ने भएको छ । राष्ट्रिय अखण्डता बिरोधी अभिव्यक्ती दिएको आरोपमा प्रहरी हिरासतमा रहेका राउतलाई रिहाईको माग गर्दै विहान ९ देखि १० बजे सम्म चक्का जाम गर्ने समितीले जनाएको  छ । समितिले प्रथम चरणको आन्दोलन अन्तर्गत हिजो मधेशका बाइसौं जिल्ला र काठमाडौंमा विरोध ¥याली निकालेको थियो ।  दोस्रो चरणमा आज काठमाडौं लगायत मधेशका २२ जिल्लामा १ घण्टा चक्काजाम र तेस्रो चरणमा शुक्रबार मधेशका बाइसौं जिल्ला बन्दको घोषणा गरेको छ । समितिले अभिव्यक्ति स्वन्त्रताको ग्यारन्टी गरिनुपर्ने, राउतको निःशर्त अविलम्ब रिहा गरिनुपर्ने र मधेशमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा प्रहरी दमन बन्द गरिनुपर्ने मागे गरेको छ ।