निकास निकाल्न संवाद समितीको बैठक बस्दै

असोज ८, काठमाडौँ-संविधानका विवादीत विषयमा सहमती जुटाउन भन्दै कसरतलाई जारी राखेको राजनीतिक संवाद सहमती समितीको बैकठ आज पनि बस्ने भएको छ । विहान ११ बजे बस्ने बैठकमा संविधानका अन्तरबस्तुमा सहमतिको ठोस उपलब्धी निकाल्न प्रयास गरिने संसद सचिवालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिए ।  संवाद समितीका सभापति डा बाबुराम भट्टराईले हिजो पूर्व प्रधानमन्त्री तथा राप्रपा नेता सूर्यबहादुर थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसंग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।  समितिको गत शनिबारको बैठकमा भट्टराईले विभिन्न दलका उच्च नेताहरुसँग वार्ता गरि  आज सम्म ठोस उपलब्धी हासिल गरि सक्ने बताएका थिए ।