गङ्गामायाको स्वास्थ्य गम्भिर तर स्थिर

असोज ८, काठमाडौँ-आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आएका गोरखा फुजेलका अधिकारी दम्पती मध्ये नन्द प्रसाद अधिकारीको आमरण अनशनको ३३२ दिनको दिन निधन भएपछि एक्लो बनेकी गंगामायाको स्वास्थ्य अवस्था झन झन् नाजुक बन्दै गएको  छ ।  चियाउदा चियाउदै आफ्नै आँखा अगाडी पति नन्दप्रसाद अधिकारीको मृत्यु देखेकी गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको  छ ।

पतिको मृत्युपछि गङ्गामायाको स्वास्थ्य अवस्था थप कमजोर बनेको र । कमजोर स्वास्थ्यस्थितिलाई विशेष ख्याल गरी चिकित्सकले उहाँलाई हाल एन्टिबायोटिक औषधि दिइएको वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितले जानकारी दिनुभयो । अस्पतालले गंगामायालाई अनशन तोड्न आग्रह गरेपनि उहाँले अस्विकार गर्नुभएको  छ । अधिकारी दम्पतीका छोरा कृष्ण प्रसादको माओवादीले हत्या गरेको अधिकारीको दाबी छ ।

यसैबिच अनशनको ३३२ दिनका दिन निधन भएका नन्दप्रसादको शव बुझ्न परिवारले अस्विकार गरेको छ । अधिकारी दम्पतीका जेठा छोरा नुर प्रसादले आफ्ना बुबा र भाइको हत्यारालाई कारवाही नभएसम्म शव नबुझ्ने बताउनुभएको  छ । नन्द प्रसादको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।