पञ्चाङ्ग समितिद्धारा बडादसैँको साइत सार्वजनिक

असोज ८, काठमाडौँ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १० १५ बजे उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान महानवमीको पूजापछि विजयादशमीको पूजा गर्नुपर्ने र बिहान ९: ५५ बजे देवी विसर्जनको साइत रहेको गृहमन्त्रालयमार्फत प्राप्त सो समितिको पत्रमा उल्लेख गरिएको छ । समितिका अनुसार असोज ९ गते बिहान १०: ४५ बजे घटस्थापना र १५ गते बिहान फूलपातीका दिन बिहान ७: २५ बजे तुलजा भवानी यात्राका लागि समय शुभ रहेको छ ।