म्याग्दीमा जीप दुर्घटना, ११ जनाको मृत्यु

असोज ७,म्याग्दी-म्याग्दीको हिस्तानमा  जीप दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान ७ र ८ गिद्देश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक जर्नादन जिसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको छ । स्थानीयले १० मध्ये ४ जनाको शब बाहिर निकालिसकेका छन् । जीप  सडक भन्दा करिब २ मिटर तल खसेकोले जीपमा सवार सबैको मृत्यु हुनसक्ने म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिए । जीपमा १३ भन्दा बढी यात्रु सवार रहेको बताईएको छ ।