कौमार्य भंग गर्ने ब्वाइफ्रेन्डलाइ ३० लाख जरिवाना !

असोज ८, एजेन्सी-बिबाह अधि मानिसहरू प्रेम गर्दछन । डेटिङका बेला उनीहरू बिभिन्न प्रकारका बाचा कसम खाने गर्दछन र यो पनि भन्दछन कि उनीहरूको जिवनमा अरू कोही आउनेछैन । ईचाइनासिटीज को एक खबर अनुसार चीनमा बस्ने ३० बर्षकी मिस शेन सन २००९ मा ली संग अनलाइन भेटिएकी थिइन । हेर्दा हेर्दै उनीहरूको अनलाइन मित्रता प्रेममा बदलियो । उनीहरू एकअर्काका नजिक आए । उनीहरूको बिचमा सम्बन्ध हुनु पनि सामान्य कुरा भइहाल्यो ।

सेनले ले केही समय पछि नै ली संगको प्रेमलाइ एक कदम अगाडी बढाउने सोचिन । उनले ली संग बिबाह गर्न पनि भनिन तर ली कुनै न कुनै बहाना बनाएर यस कुरालाइ पछाडी धकेलिरहे । शेनको केही लागेन । शेनलाइ शान्त राख्नका लागी अन्तत उनीसंग बिबाह गर्न राजी भए लि । तर निकै समय पर्खँदा पनि बिबाह नभएपछि शेनले एक दिन रिसले ली संग ब्रेकअप गरिन ।

छिटै शेनलाइ यस्तो लाग्यो कि उनले ब्रेकअप गरेर गलत गरिन र आफ्नो प्रेमका लागी ली लाइ एक मौका दिनु पर्दछ । आफ्ना ब्वाइफ्रेन्डलाइ खोज्दै ती युवती ली को घर पुगिन, त्यसपछि उनी दंग परिन जब उनका ब्वाइफ्रेन्ड बिबाहित रहेको थाहा पाइन ।
प्रेममा धोका पाएपछि ती युवतीले गत २६ मार्चमा कोर्टको ढोका खटखटाइन । उनले ली ले आफुलाइ धोका मात्र दिएको नभै बिबाह नगरिकन पनि उनका साथमा सम्बन्ध राखेको कुरा कोर्टमा भनिन ।

युवतीले ली ले उनको भर्जिनिटी हक र हेल्थ का साथमा खेलवाड गरेको बताइन । उनले यसको क्षतिपूर्तीका लागी ५० लाख माग गरिन । साथै केही हजार रूपैयाँ आफ्नो गायनोकोलोजिकल जांचका लागी मागिन । यद्दपी कोर्टमा ली का वकीलले लि र सेनका बिच कुनै सम्बन्ध नभएको बताए साथै यो कुरा सावित गर्न सेनलाइ भने ।

तपाइँलाइ यो कुरा सुनेर आश्चर्य लाग्ला कि अन्तत कोर्टले शेनका पक्षमानै फैसला सुनायो। शेनको कौमार्य भ्रष्ट गरेकोमा लीलाइ ३० लाख रूपैयाँ सेनलाइ दिनका लागी भन्यो । शांघाईमा भएको यो एक भिन्न प्रकारको पहिलो फैसलाको अहिले मिडियाहरूमा निकै चर्चा भैरहेको छ ।