राष्ट्रिय संरक्षण दिवस मनाइदै

असोज ७, काठमाडौँ-राष्ट्रिय संरक्षण दिवस आज विबिध कार्यक्रम गरी मुलुकभर मनाइदै छ । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तत्कालिन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई सहित वातावरण संरक्षणविद तीर्थमान मास्के, भुगोलविद् हर्क गुरुङ, वन्यजन्तु संरक्षण विभागका तत्कालिन महानिर्देशक नारायण पौडेल निभन भएको थिया । उनीहरुको  हेलिकप्टर दुर्घटनामा परी निधन भएको र  स्मरणमा संरक्षण दिवस मनाउन थालिएको हो ।

वन र वातावरण संरक्षणमा जोड दिदै दिवसका अवसरमा आज सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम आयोजना हुदैछ । दिवसको अवसरमा वातावरण र वन संरक्षणमा महत्वपूर्ण योगदान दिनेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको वन तथा भुसंरक्षण मन्त्रालयले जनाएको छ । २०६५ सालदेखि असोज ७ गते संरक्षण दिवस मनाउन थालिएको हो ।