पूर्वराजालाई औषधिसँगै तीन सुझाव

असोज ७,काठमाडौं-ह्रदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार डिस्चार्ज भएका छन् । चिकित्सकहरुले उनलाई औषधिसँगै ३ सुझाव दिएको आजको नयाँ पत्रकिा दैनिकमा समाचार छ । चिकित्सकहरुले उनलाई चुरोट खाँदै नखाने,वाकिङमा ध्इान दिने र खानपिनमा सतर्कता अपनाउने सुझा दिएका हुन् । उपचारमा सम्लग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भरत राउतले एक पटक ह्रदयघात भएकाले अलि बढी सजकता अपनाउनुपर्ने भएकाले सुझाव दिएको बताए ।