भारतमा नेपाली महिला बलात्कृत

असोज ७,महोत्तरी-भारत विहारको मजफ्पुर नजिक गाँउमा एक महिला बलात्कृत भएकी छिन् । पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई राति मादक पदार्थ सेवन गरेका जियालाल यादवले जर्वजस्ती गरेको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

स्थानीय प्रहरीका अनुसार सुर्खेत विद्यापुर गाँउका नेपाली दम्पत्ती देबरियामा बस्दै आएका थिए । लामो समयदेखि रात्रि प्रहरीको पेसा गर्दै आएका उनका पति काममा गएका बेला शुक्रबार घटना भएको हो । गर्मीका कारण ढोका खुल्लै रहेको मौका छोपेर महतोले काखे नानीलाई नियन्त्रणमा लिई हत्याो धम्की समेत दिएका थिए ।