११ अर्ब सरकारी ढुकुटी दशैं भत्तामा स्वाहा

११ अर्ब सरकारी ढुकुटी दशैं भत्तामा स्वाहा
असोज, ६ काठमाडौं – नेपाली हिन्दुहरुको महान चाड बडादशैं कसरि मनाउने भन्ने पिरले कतिपयलाई पिरोलीरहेका बेला सरकारी कर्मचारीको भने मालामाल भएको छ ।  सरकारले सरकारी कर्मचारीहरुलाई दसैंका लागि खर्च भन्दै ११ अर्ब रुपैयाँ वितरण गरेको छ । सरकारी कर्मचारीहरुले प्रत्येक बर्ष दशमा आफ्नो नियमित तलब बराबरको एक महिनाको थप तलब भत्ता पाउदै आएका छन । दशैं भत्ता र नियमित तलब गरी सरकारले यसबर्ष दशैंमा कर्मचारीलाई करिब २२ अर्ब रुपैया खर्च गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । न्युनबर्गिय नेपाली जनताको भरपर्दो आयस्रोत नभएर उनीहरुले सरकारबाट कुनै राहत नपाइरहेका बेला सरकारले यसरि प्रत्येक बर्ष सरकारी जागिरेहरुलाई ठुलो रकम बाड्दै आएको छ । कतिपय नेपालीहरुलाई यो दशै दशा नै बनेर आउने गर्दछ । बर्षको एक दिन मोटो मसिनो खाने र एकसरो नयाँ लुगा लगाउन उनिहरु धौ धौ परे पनि सरकारले त्यस्तो कुनै राहातको ब्यवस्था नगरेको उनिहरुको गुनासो रहदै आएको छ  ।