लिटरेचर फेस्टिबल आज सकिदै

असोज ६, काठमाडौँ-शुक्रबारदेखि राजधानीमा सुरु भएको एनसेल नेपा लिटरेचर फेस्टिबलको आज समापन हुँदैछ । फेस्टिबलमा आज विशेष प्रस्तुती रहेको आयोजकले जनाएको  छ । ४ दिन सम्म चलेको फेस्टिभलमा पाँचजना विदेशी र सय जनाभन्दा बढी स्वदेशी लेखक सहभागी भएका छन्। फेस्टिभलमा हिजो  भारतीय राजनीतिज्ञ शशि थरुर प्रस्तुत भएका थिए । उनले हरि शर्मासँग ‘लेखकका रुपमा राजनीतिज्ञु शीर्षकमा आधारित रही संवाद गरेका थिए ।