संसदीय विशेष समितिद्धारा राजदुतहरुको नाम अनुमोदन

असोज ६, काठमाडौँ-संसदीय विशेष सुनुवाई समितिले सरकारद्धारा  प्रस्तावित ६ जना राजदुतहरुको नाम अनुमोदन गरेको छ ।समितिले जेनेभाको लागि दीपक धिताल, फ्रान्सको लागि अम्बिका लुईंटेल, थाईल्याण्डको लागि खगनाथ अधिकारीको नाम अनुमोदन गरेको छ । यस्तै बैठकले दक्षिण कोरियाको लागि अमृत राई, क्यानडाको लागि कालिप्रसाद पोखरेल र कुवेतको लागि यज्ञबहादुर हमालको नाम अनुमोनद गरेको हो ।  भदौं  १९ गतेको मन्त्रिपरिषद वैठकले ६ राजदुतको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेकाहरुलाई राष्ट्रपति रामवरण यादवले राजदुत नियुक्त गर्नेछन् ।