यमन र शिया हौसि बिद्रोहीबिच सहमती

असोज ६, काठमाडौँ-यमन सरकार र शिया हौसि बिद्रोहीबीच गृहयुद्ध अन्त्य गर्दै संयुक्त सरकार बनाउने सहमति भएको छ । राष्ट्रसंघको मध्यस्थतामा भएको वर्तामा यमनको राजनीतिक अस्थिरता अन्त्य गर्ने सहमति भएको हो । अब बन्ने सरकारको नेतृत्व हौसि विद्रोहीले प्रस्तुत गरेको नेताले गर्ने भएका छन । तीन दिन भित्र विद्रोहीहरुले प्रधानमन्त्रीको उम्मेदवारको नाम प्रस्ताव गर्ने सहमति भएको बिबिसिले जनाएको छ । यो सहमति वर्तमान सरकारका प्रधानमन्त्री मोहम्मद सलिमको राजिनामा आएको केही घण्टापछि नै भएको हो ।