पाँचै विकास क्षेत्रमा रजिष्ट्रार कार्यालय: मन्त्री बस्नेत

असोज ५, पोखरा-उद्योग मन्त्री महेश बस्नेतले सेवाग्राहीहरुको गुनासाका आधारमा पाचवटै विकास क्षेत्रमा कम्पनी रजिष्ट्रार कार्यालयका शाखाहरु खोल्ने निर्णय भएको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत, भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाललाई जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पाँच÷पाँचजना अधिकृत थपेर कार्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएको बताए ।

स्वदेशी उद्योगहरुबाट उत्पादित वस्तुलाई प्राथमिकता दिन सक्ने हो भने रुग्ण उद्योगलाई राहत पुग्ने धारणा राख्दै मन्त्री बस्नेतले हेटौँडा कपडा उद्योग सञ्चालन गरेर त्यसबाट उत्पादित कपडाहरु नेपाली सेना, प्रहरी र निजामती कर्मचारीका पोसाकका लागि प्रयोग गरे उद्योग नाफामा चल्न सक्ने उनननको तर्क  छ । ठूला परियोजना सञ्चालन गर्दा रोडा, ढुङ्गा र बालुवा चाहिने हुदा नियमलाई नरम बनाएर भए पनि क्रसर उद्योग स्थायी रुपमै सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।