पोखरा विश्‍वविद्यालयका ८६ को जागिर चट

असोज ५, पोखरा –पोखरा विश्वविद्यालयमा आन्दोलित शिक्षकहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन्। करार सम्झौता रद्द गरेको भन्दै विश्वविद्यालयको कार्यकारी समितिले असोज २ गतेबाट ८० शिक्षक र ६ कर्मचारीको करार रद्द गरेको आन्दोलितहरुले जनाएका छन्। यसैबिच आक्रोशित र आन्दोलीन शिक्षकहरुले उपकुलपति, रजिस्ट्रार र डिनलगायतको कार्यकक्षमा तोडफोड गरेका हुन्। विश्वविद्यालयले आफ्नो नियमानुसार कसैलाई पनि १ वर्षभन्दा बढी करारमा राख्नन नमिल्ने भन्दै हटाएको जनाएको  छ ।