नाइजेरियामा भवन भत्किँदा ८६ को मृत्यु

असोज ५, काठमाडौँ-नाइजेरियामा एक ६ तले भवन भत्किँदा ८६ जनाको मृत्यु भएको शनिबार नाइजेरियाली अधिकारीहरुले पुष्टि गरेका छन् ।  गत सेप्टेम्बर १२ मा लागोसदेखि दक्षिणपश्चिममा पर्ने एक स्थानमाअवस्थित चर्च भवन भत्किएको थियो । सो चर्च भवन पाहुनाघरको रुपमा प्रयोग हँुदै आएको जनाइएको छ ।  सो भवनमा प्रायः जसो दक्षिणअफ्रिकाबाट आएका धार्मिक व्यक्तित्वहरुको बसोबास रहदै आएको बताइएको छ ।  यस घटनामा कम्तीमा  १३४ जना घाइते भएका र ती सबैलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।