करेन्ट लागेर मृत्यु

असोज ५, काठमाडौँ-चितवनको जुटपानीमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।  रमा डिसलाइन जोड्ने क्रममा उनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।      जुटपानी–३ स्थित घर भएका लक्ष्मण ठकुरीका छोरा वर्ष १३ का मिलन ठकुरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गएराती  करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।