अमेरिकाद्धारा आईएसविरुद्ध लड्न राष्ट्रसंघलाई दबाद

असोज ५,काठमाडौं –अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालैका केही दिनयता खासगरी मध्यपूर्वी देशहरुमा आतङ्क पच्चाइरहेको संस्था आइएसका विरुद्ध लड्न संयुक्त राष्ट्रसंघमा दबाब दिने भएका छन् । उनलेन्युयोर्कमा सुरु भएको राष्ट्रसंघीय महासभामा सो विषयमा दबाब दिन लागेको बताइएको छ ।     ओवामाले हालैका दिनमा विशेषगरी इराक र सिरियामा आतङ्क मच्चाइरहेका आईएसका विरुद्धमा विश्वव्यापी रुपमा सञ्जाल खडागर्ने उद्देश्यले  राष्ट्रसंघलाई पनि सो आग्रह गर्न लागेका हुन् । उनले  यो अमेरिकाको मात्र एक्लो लडाईं होइन, आतङ्कवादका विरुद्धको लडाई अमेरिकाको मात्र नभएर विश्वकैभएको बताएका छन् । संयुक्त राज्य अमेरिकाले उक्त संगठनका विरुद्ध लड्न विश्व समुदायसँग एक सशक्त गठबन्धन निर्माणका लागि अगुवाई गरिरहेको छ । उनले एक साप्ताहिक सम्बोधनका क्रममा भनेका छन् यो विश्वकै एक जटिल समस्या हो र यसका लागि हामीले संघर्ष सुरु गरिसकेका छौं र त्यसको अगुवाई गर्न चाहेको बताएका छन्  ।