पिटिए र पिडिएको बिरोधमा मुलुकभर विरोध

असोज ४, काठमाडौँ-मोहन बैद्य नेतृत्वको नेकपा–माओबादीले भारतसँग गरिएको उर्जा बिकास संझौता पिटिए र आयोजना विकास संझौता पिडिएको बिरोध गरेको छ । सर्बदलीय सहमती बिना संझौता गरिएको भन्दै बैद्य माओबादीले देशभर बिरोधका कार्यक्रम गर्ने जनाएको छ । अध्यक्ष मोहन बैद्यद्धारा जारी बिज्ञप्तीमा संझौताको विरोध एवम् भत्सना गर्दै असोज ७ गते राजधानी लगायत देशव्यापी विरोध प्रदर्शन सहितका कार्यक्रम गर्ने उल्लेख छ ।

संझौतामा भारतीय कम्पनीले विद्युत निर्यात गरेवापत भ्याटलगायतका सम्पूर्ण महसुलहरु छुट दिने, प्रति मेगावाट ५० लाख नेपाल सरकारले अनुदान दिने, भारतीय कम्पनी स्वयंले प्रसारण लाइन निर्माण गरेर सिधा निर्यात गर्न पाउने, नेपालको राष्ट्रिय प्रसारण लाइन र राष्ट्रिय ग्रीडमा जोडिन नपर्ने लगायत बुदामा बैद्य माओबदीले असहमती जनाएको छ ।