लिटरेचर फेस्टिभलमा आज १० सृखलामा कार्यक्रम हुने

असोज ४, काठमाडौँ-हिजोदेखि राजधानीमा सुरु भएको एनसेल नेपाल लिटरेचर फेस्टिभलको चौथो संस्करणमा आज १० श्रृखलामा कार्यक्रम हुँदैछ । विहान ११ बजेबाट सुरु हुने पहिलो श्रृखलामा पानी भएर के भो शिर्षकमा किरण नेपालको प्रस्तुतीमा डा दिपक ज्ञवाली, डा डम्बर नेपाली र केशवध्वज अधिकारीसँग छलफल हुने आयोजक मेलाका निर्देशक अजित बरालले जानकारी दिनुभयो । दिनभरनै जारी रहने कार्यक्रमको अन्तिम श्रृखलामा लोग्ने मान्छे भएर के भो शिर्षकमा अर्चना थापाले नायक राजेश हमालसँग अन्तरंग संवाद हुनेछ । जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने नारा सहित काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी साहित्य जात्रामा भारत, बंगलादेश, बेलायत र  इटलीका चर्चित साहित्यकारले भाग लिएका छन् ।  साहित्य यात्रा असोज ६ गतेसम्म चल्नेछ ।