विद्युत् उत्पादन बन्द

असोज ४, काठमाडौँ-गएराति परेको चट्याङबाट २२ मेगावाटको चिलिमे र पाँच मेगावाट मैलुङ जलविद्युत् केन्द्रको विद्युत् प्रसारण बन्द भएको छ । राम्चे गाविसको इलाकामा रहेको राष्ट्रिय प्रसारण लाइन चुडिँदा दुवै आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा पठाउन कठिन भएका कारण जलविद्युत् केन्द्र बन्द गर्नु परेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रूवेंसीले जनाएको छ । राम्चेको अलवा सानोभारको र नुवाकोट जिल्लाको दुई नम्बर पुल इलाका समेत चारवटा ग्रीड लाइनका खम्बामा रहेका इन्सुलेटरसमेत फेर्नुपर्ने भएकाले विद्युत् गृह सचालन गर्न कम्तिमा दुई दिन लाग्ने प्राविधिकहरुले बताएका छन् ।