महिला लिगमा आज आर्मी र एपिएफबीच प्रतिष्पर्धा हुने

असोज ४, काठमाडौँ-चितवनको जारी महिला लिग राष्ट्रिय फुटबल प्रतियोगीता अन्र्तगत समुह ख को अन्तीम खेलमा समुह विजेताका लागी आज आर्मी र एपिएफबीच प्रतिष्पर्धा हुँदै छ ।  समुह चरणको अन्तीम खेल अघि नै समान २ खेल जितेका आर्मी र एपिएफ क्लब सेमिफाईनलमा पुगि सकेका छन् ।

यसैविच हिजोको खेलमा मध्यमाञ्चल र नेपाल पुलिस क्लब विजयी भएका छन् । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबसँग पुर्वाञ्चल ४–० गोलअन्तरले पराजित भयो । पुलिसले जारी लिगको समूह चरणको तीन वटै खेलमा जीत हात निकालेको छ ।