सहमतिमै संविधान जारी हुन्छ: डा. भट्टराई

असोज २, काठमाडौँ-राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणमा सभासद्हरू गम्भीर छैनन् भन्ने जतिसुकै आरोप लगाए पनि समयमा संविधान दिन प्रतिबद्ध छन् भन्ने देखिएको बताएका छन् । सभामा सभासद्हरूले उठाएको विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले संविधान निर्माणमा आफूले नेतृत्व गरेको समिति र सबै सभासद्हरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।  वभिन्न विचार र दर्शनको प्रतिनिधित्व संविधानसभामा रहेका कारण असहमति कायम हुनु स्वभाविक छ । सभासद्हरूले दिनुभएको सुझावअनुसार समिति अगाडि बढ्ने उनाँको कथन थियो । अनिश्चितकालसम्म संविधान नबनाउने छुट नरहेको बताउँदै संविधान निर्माणमा सङ्घीयता, गणतन्त्र, शासकीय स्वरूपलगायतका विषयमा असहमति कामय रहे पनि ती विषयलाई हल गर्नका लागि सबै राजनीतिक दल प्रतिबद्ध रहेको विश्वास व्यक्त गरेका छन् । र्नुभयो ।  । दलहरू विभिन्न विषयमा असहमत भए पनि संविधान जारी गर्ने विषयमा सहमति भएको भन्दै उनले वाम र दक्षिणपन्थी दुवै प्रवृत्तिबाट बचेर साझा सहमतिका आधारमा सहमति र सम्झौताको संविधान बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।