जनजाति महासंघ आन्दोलित

असोज २, काठमाडौँ-पहिचान, संघीयतासहितको संविधान जारी गर्नुपर्नुलगायत माग राख्दै आदिवासी जनजातिहरुले आज पनि संविधानसभा भवन नयाँबानेश्वरमा धर्ना दिएका छन् ।  मध्यान्ह साँढे १२ बजेदेखि केहीबेरअघिसम्म धर्ना दिएका हुन् । जनजाति महासंघको अगुवाईमा गत भदौ ३१ गतेदेखि सुरु धर्ना कार्यक्रम भोलिसम्म जारी रहने छ । महासंघका अध्यक्ष नगेन्द्र कुमालले विगतका सहमति कार्यान्वयनमा नआएसम्म आफुहरुको आन्दोलन यथावत् रहने बताएका छन् ।