संसद बैठक आठौंपटक अवरुद्ध

असोज २, काठमाडौँ-एमाओवादी सहितको नेतृत्वमा रहेको प्रतिपक्ष दलहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक विहीबार पनि अवरुद्ध भएको छ । आफूहरुका मागप्रति सरकारले ध्यान नदिएको भन्दै प्रतिपक्षदलहरुले आज आठौंपटक पनि संसदको बैठक अवरुद्ध पारेका हुन् ।

संसद्ध अवरुद्ध गदै फोरम लोकतान्त्रिकका सभासद विजयकुमार गच्छदारले गत पौष ४ गते स्वय सत्तापक्षका दलहरुले नै गरेको ४ बुँदे सहमतिमा सत्तापक्ष गैरजिम्मेवार तरिकाले प्रस्तुत भएका कारण यो अवस्था आएको बताए । उनले राजनीतिक संवाद तथा सहमतिको सभापति पनि प्रतिपक्षलाई दिएको र उच्चस्तरिय राजनीतिक समितिको नेतृत्व पनि प्रतिपक्षलाई दिएमा संविधान निर्माणको काम सहज हुन्छ भन्ने ठानेर आनाकानी गरिएको बताए ।

सभासद गच्छदारले बुधबार मात्र संदन खुलाउने विषयमा सरकार र प्रतिपक्ष दलकाबीचमा सकारात्मक कुरा भए पनि आज रातारात के परिवर्तन भयो भन्दै आश्चर्य पटक गरे ।