मन्त्रीमण्डल फेरबदल नहुने

असोज २, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाको सचिवालयले मन्त्रीहरु फेरबदल गर्ने तयारी नभएको स्पष्ट पारेको छ ।  प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले आज बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद् विस्तार तथा फेरबदल गर्ने तयारी भएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

यसअघि आज गणेशमान सिंह स्मृती दिवसको अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा उपप्रधान तथा स्थानीय बिकासमन्त्री प्रकाशमान सिहले मन्त्रिपरिषदका सदस्य हेरफेर तथा मन्त्रीपरिषद बिस्तारको तयारी भैरहेको बताएपछि सन्चारमाध्यममा यससम्बन्धी समाचार प्रकाशन तथा प्रसारण भएका थिए ।