मन्त्रिपरिषदको बैठकमा पिडिएमा छलफल

असोज २, काठमाडौँ-मन्त्रिपरिषदको बैठक आज बस्दै छ । साँझ ५ बजेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बंठकमा आज हिजो अनुमोदन भएको पिडिए संझौता पारित गर्ने विषयमा छलफल हुने सरकारका प्रवक्ता एवमं संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्री रिजालका अनुसार आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री परिषदका सदस्य हेरफेर गर्न लागेको विषयमा पनि छलफल हुनेछ ।प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोली अमेरिका जाने भएकोले त्यसअघिनै मन्त्री परिषद हेरफेर गर्ने तयारी गरीएको छ । मन्त्री रिजालका अनुसार कोइरालाले सहरी बिकास मन्त्री नारायण खड्कालाई फिर्ता बोलाई दिलेन्द्र बडु,आनन्द ढुंगाना, यज्ञबहादुर थापा र बालकृष्ण खाड मध्येबाट नया मन्त्री नियुक्त गर्ने तयारी गरेको श्रोतले जनाएको छ । श्रोतका अनुसार बडुलाई प्रधानमन्त्रीको कार्यालय हेर्ने गरि बिनाबिभागिय मन्त्रीमा नियुक्त गर्ने कोइरालाको तयारी छ ।