संबिधानसभामा संवाद समितिको प्रतिवेदन माथि छलफल हुने

असोज २, काठमाडौँ-संबिधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलले निरन्तरता पाउने भएको छ । समितिका सभापति बाबुराम भटराईले गत भदौ २६ गते संविधानसभामा पेस गर्नुभएको प्रतिवेदनको असहमतिका विषयमा बिहिबारदेखि छलफल जारी छ । आजको बैठकमा पनि प्रतिबेदन माथि धारणा राख्न बाँकी सभासदहरुले बोल्ने संबिधानसभा सचिवालयले जनाएको छ । बैठकमा सहमती जुटेका विषयलाई मस्यौदा समितिमा पठाउने र सहमती नजुटेको विषय कसरी टुंगो लगाउने भन्ने विषयमा समेत आज निर्णय हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी द्यिए । शर्माका अनुसार यसअघिका बैठकमा बोल्ने सभासदहरुले सकेसम्म सहमतिमार्फत अगामी माघ ८ मा नै संविधान जारी गर्नुपर्ने सुझाब दिएका छन् ।