धामीको पेटबाट निकालियो फलामको ४ रालो

असोज२, जुम्ला– महावैपातरखोला–१ का जनकवहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । भगवान चढेको वेला घण्टाको राला निलेको र अछुतले छोएका कारण पेटमै अटकिएको भन्दै उनी अस्पताल आएका थिए ।धामी झाँक्रीको काम गर्ने शाहीले रालो (फलामको टुक्रा) निलेको भनिरहँदा डाक्टरलाई विश्वास समेत लागेको थिएन । शल्याकृया अघि उनीसँग डाक्टर निरेश थापाले अन्तरवार्ता लिए । उनले भगवान चढेको वेला निलेको, भिद गर्ने वेला अछुतले छोएकोले पेट भित्रै रहेको भन्ने जवाफ दिए । उनले जसरी पनि शल्याकृया गरी निकाल्दिनु पर्‍यो भन्दै गुहार लगाए ।

‘हामीले सोचेका पनि थिएनौं । साच्चै रहेछ छक्क पर्‍यौ,’ डा. थापाले भने । शाहीको पेटबाट ९ देखि १५ सेन्टिमिटर लामो चार वटा राला झिकिएको उनले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।